कालीगण्डकी डाइभर्सन, जलाशययुक्त जलविद्युत् आयोजना जस्ता प्रस्तावित परियोजनाहरु अघि नबढाइयोस् ।

Kaligandaki River


नेपाल सरकारले हालै प्रस्ताव गरेका कालीगण्डकी डाइभर्सन, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना र उपल्लो कालीगण्डकीजस्ता परियोजनाहरूले यस नदीको प्राकृतिक प्रवाहमा गम्भीर हस्तक्षेप गर्दै धार्मिक, सांस्कृतिक र पर्यावरणीय सम्पदामा ठूलो संकट निम्त्याउने जोखिम पैदा गरेका छन् । धार्मिक तथा प्राकृतिक सम्पदा मासेर बनाइने विकासका पुर्वाधारहरु दीर्घकालीन समस्या निम्त्याउने खालका हुन्छन् । त्यसमाथि पनि कालीगण्डकी नदी मासेर बनाइने पुर्वाधारहरु । कलीगण्डकी नदी केवल जल स्रोत होइनन्, बरु एक ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर हुन् । नेपालका दामोदर कुण्डदेखि त्रिवेणीसम्म बग्ने र भारत प्रवेश गर्ने यी कालिगण्डकी नदितटमा हजारौँ धार्मिक मठ, मन्दिर लगायतका सम्पदाहरु छन् । देश भनेको यहाँको संस्कृती पनि हो र प्रकृती पनि । विश्वकै एकमात्र शालीग्राम पाइने नदी कालीगण्डकीको संरक्षण, सम्बर्धन गर्नु आजको टडकारो आवश्यकता हो । प्रस्तावित परियोजनाहरूले नदीको प्रवाहमा स्थायी परिवर्तन ल्याउने, जैविक विविधता संकटमा पार्ने, जलचर प्रजातिहरूको प्रजनन प्रक्रियामा अवरोध ल्याउने, र स्थानीय समुदायहरूको जीवनयापनमा गम्भीर असर पुर्‍याउने अत्यन्त उच्च सम्भावना छ । साथै, गलेश्वर, मालढुंगा, कालिका भगवती, मोदीवेणी, सेतीवेणी, उत्तरवाहिनी, देवघाट, त्रिवेणी जस्ता हजारौँ पवित्र स्थलहरूको धार्मिक र सांस्कृतिक महत्त्वलाई नष्ट गर्ने खतरा पनि रहेको छ । यस्ता योजनाहरू अघि बढाउनु अघि स्थानीय सरोकारवालासँग गहिरो परामर्श र वैकल्पिक उपायहरूको मूल्याङ्कन गर्नुपर्छ । कालीगण्डकीको प्राकृतिक प्रवाह, यसको सांस्कृतिक, धार्मिक र पर्यावरणीय महत्वको रक्षा हाम्रो सामूहिक दायित्व हो । नेपाल सरकारसँग यस्ता परियोजनाहरु अघि नबढाउन माग गर्दछौँ ।

-Team Kaligandaki.com

Read Previous

गण्डकी सभ्यता बचाउन चार जिल्लाका १० स्थानीय तह प्रतिबद्ध

Read Next

Govinda’s Restaurant Baglung

Leave a Reply

Your email address will not be published. Required fields are marked *